विवादास्पद फ्रिकिक, खेलमा फर्कियो कोलम्बिया
काठमाडौँ । जुवान फर्नान्डो क्वीन्टेरोले फ्रिकिकबाट गोल गर्दै कोलम्बियाका लागि जापानविरुद्ध बराबरी गोल गरेका छन् ।
हसेबेले रमाडेल फल्काओलाई लडाएको भन्दै रेफ्रीले दिएको फ्रिकिकलाई क्वीन्टेरोले गोलमा परिणत गरे ।
यसअघि, सिन्जी कागावालाई जापानलाई कोलम्बियाविरुद्ध खेलको शुरुवातमा नै जापानलाई अग्रता दिलाएका थिए।
कार्लोस सान्चेजले डि–एरियामा बललाई हातले रोकेपछि पाएको पेनाल्टीलाई कागावाले गोलमा परिणत गरे ।
सान्चेजलाई रेफ्रीले रातोकार्ड देखाएपछि कालम्बिया १० खेलाडीमा सिमित बनेको छ ।
विश्वकपमा कुनै पनि खेलाडीले पाएको यो दोस्रो चाँडो रातो कार्ड हो ।
उनले खेल शुरु भएको १७२ सेकेण्डमा नै रातो कार्ड पाए ।
सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे अल्बेर्टो बटिस्टापछि उनले सबैभन्दा चाँडो रातो कार्ड पाएका हुन् ।
योसँगै सान्चेज मोरेनो सन् २०१८ को विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।
बटिस्टाले स्कटल्याण्डविरुद्ध ५४ सेकेण्डमा नै रातोकार्ड पाएका थिए ।
कोलम्बिया र जापान यसअघि सन् २०१४ को विश्वकपमा भिडेका थिए जसमा कोलम्बिया ४–१ ले विजयी बनेको थियो ।