शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्स्को विशेष उडानबाट प्रधानमन्त्रीको दोस्रो भ्रमण

मङ्गलबार, ०५ असार २०७५, १८ : ३०
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्ता नम्बर ढल्(ब्ीध् मार्फत प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा गएका छन् ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङ स्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो । 

भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउ ग्वोछ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासन तर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा उपस्थित भएका थिए ।

उक्त अवसरमा श्रेष्ठले हिमालय एअरलाइन्स्ले पुनः एकपटक प्रधानमन्त्री ओलीलाई चीनको औपचारिक भ्रमणका लागि लिएर उड्न पाउँदा खुशी र गौरवान्वित भएको बताए । हिमालय एअरलाइन्स्ले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप दोहा, क्वालालम्पुर, दुबई र दमाममा सिधा उडान भर्दै दोस्रो वर्ष सफलतापूर्वक पार गरेको छ ।

साटा गोल्ड अवार्डमा ‘नेतृत्वदायी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्– दक्षिण एसियामा यात्रुहरुको रोजाई’ विधामा अवार्ड हात पार्न सफल यस एअरलाइन्स्ले राष्ट्र सेवालाई अग्रस्थानमा राखेर अगाडि बढेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप