शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गीतमा रोमान्स गर्न चितवन पुगे श्रृष्टि र विनय

मङ्गलबार, ०५ असार २०७५, १८ : १२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ युनिट चितवन पुगेको छ । प्रदर्शन मिति नजिकिँदै गरेको चलचित्र युनिट प्रचार प्रचारका लागि चितवन पुगेको भने होइन । चलचित्रको छायाँकन हुन बाँकी एक गीत सकाउन युनिट चितवन पुगेको हो । 

‘तिम्रै लागि हो’ बोलको एक रोमान्टिक गीत छायाँकन बाँकी थियो । चितवनका विभिन्न स्थानमा यसको छायाँकन हुनेछ’ निर्माता प्रशन्न गोपालीले भने ‘प्रदर्शन मिति पनि नजिकिएको चितवनको प्रचार समेत सकाएर फर्किनेछौ ।’ गीत चलचित्रका मुख्य कलाकार श्रृष्टि र विनय माथि नै छायाँकन हुने उनले खुलाए ।

११ साउनमा प्रदर्शनमा आउने यो चलचित्रको केही दिन अघि मात्र राक्षस अवतारको पोष्टर रिलिज भएको थियो । यसअघि फरक–फरक ४ गीत समेत रिलिज भएका छन् । पाँच गीत रहेको चलचित्रको अन्तिम गीत पनि छिट्टै ल्याउने निर्माण युनिटको भनाई रहेको छ ।

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एण्ड मुनामा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । चलचित्रको ट्रेलर भने केही दिनमा सार्वजनिक हँुदैछ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप