शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा कलाकारलाई अवार्ड र पत्रकारलाई सम्मान

मङ्गलबार, ०५ असार २०७५, १८ : ०८
मङ्गलबार, ०५ असार २०७५

क्वालालम्पुर– तेस्रो ‘नेपाली म्युजिक भिडियो अवार्ड २०१८’ मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरिएको छ । ३० विधामा बाडिएको अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल लगायतका श्रष्ठा र श्रृजनालाई अवार्ड दिइयो । 

समारोहमा आधुनिक तर्फ जुना प्रसाईंले, नारायण धिताल, होम न्यौपानेसहित दीपक भट्टराई, निशान घिमिरे, सुदिप बराल, दृश्य सुवेदी, वर्षा शिवाकोटी, आदित्य बुढाथोकी लगायतले विभिन्न विधामा अवार्ड पाए ।
राष्ट्रिय भावनाले अभिप्रेरित तर्फ भने शिवजी लामिछाने र रविना थापाले लिए ।

यस्तै पप गीततर्फ अनिल सिंह, मिङस लामा, रामेश्वर कार्की, भरत रेग्मी, आँचल शर्मा, निकेश खड्काले अवार्ड थाप्दा लोक गीततर्फ डिबी लोप्चन, अमृता लुन्गेली मगर, सञ्जिव ठकुरी र मिलन श्रेष्ठले अवार्ड चुमे । 
लोकदोहोरी गीततर्फ प्रकाश कटवाल, उमा श्रेष्ठ, नमराज ढुंगाना, लिला श्रेष्ठले लिए ।

कार्यक्रममा राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री र फिल्मी खबर साप्ताहिकका सम्पादक शान्ति प्रियलाई ‘पत्रकारिता सम्मान २०१८’ समेत प्रदान गरियो । कार्यक्रममा विशेष प्रतिभा सम्मान कार्यक्रममा गीतादेवी, रामहरी न्यौपाने, अर्जुन सुनाम, अमृत खाती, रमिला न्यौपाने, नेत्री डी पन्त, सपना गुरुङ, कुमार कार्की, रवि सिंह, अर्जुन रत्न भिकारी, शितल शर्मा, राजेन्द्रकुमार कार्की, प्रदीप रोक्का, अशोक धिताल, राजकुमार हुमागाई, कुमार न्यौपाने, शान्ता शिशिर, फडिन्द्र ठकुरी, सविता ढुंगानाले सम्मानपत्र लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप