बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बिया १० खेलाडीम सिमित, जापानलाई पेनाल्टीबाट अग्रता

मङ्गलबार, ०५ असार २०७५, १७ : ५६
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । सिन्जी कागावालाई जापानलाई कोलम्बियाविरुद्ध खेलको शुरुवातमा नै जापानलाई अग्रता दिलाएका छन् ।

कार्लोस सान्चेजले डि–एरियामा बललाई हातले रोकेपछि पाएको पेनाल्टीलाई कागावाले गोलमा परिणत गरेका हुन् ।

सान्चेजलाई रेफ्रीले रातोकार्ड देखाएपछि कालम्बिया १० खेलाडीमा सिमित बनेको छ ।

विश्वकपमा कुनै पनि खेलाडीले पाएको यो दोस्रो चाँडो रातो कार्ड हो ।

कोलम्बिया र जापान यसअघि सन् २०१४ को विश्वकपमा भिडेका थिए जसमा कोलम्बिया ४–१ ले विजयी बनेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप