प्रधानसेनापति क्षत्रीलाई पाकिस्तानले दियो उच्चस्तरको विभूषण
मङ्गलबार, ०५ असार २०७५, १७ : ४८
काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पाकिस्तानी सेना प्रमुख जनरल जुबियर मोहम्मद हायातले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा जनरल हायतले पाकिस्तान सरकारको तर्फबाट प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मानस्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्च स्तरको विभूषण निशन–ए– इम्तियाज (मिलिटरी) प्रदान गरेका थिए । साथै भेटवार्तामा उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्पारिक समबन्धका विषयमा छलफल समेत भएको थियो ।
त्यस्तै जनरल हायतले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)