बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र ओम अस्पतालबीच स्वस्थ्य सेवा सम्झौता

मङ्गलबार, ०५ असार २०७५, १७ : ४३
मङ्गलबार, ०५ असार २०७५

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप