शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार ओर्लियो

बिहीबार, २९ असार २०७४, १६ : ४५
बिहीबार, २९ असार २०७४

काठमाडौं–नेपालको पुँजी बजार आज ४.८९ अंकले झरेको छ । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार घटेको वजार एक हजा ५ सय ८२.६७ अंकमा आइपुगेको छ । 
एक सय ५० कम्पनीको २० लाख ४० हजा ७ सय २८ कित्ता सेयर किनवेच भएको आज ७४ करोड ६४ लाख ७७ हजार एक रुपैयाँको कारोवार भएको छ । 
आज बैकिङ समूहको सूचक ४.७३ अंकले घटेको छ भने होटल समूहको सूचक ३४.३२ र बिकास बैंक समूहको सूचक ५.९७ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक ६.४२, फाइनान्स समूहको सूचक ७.०१, बीमा समूहको सूचक ५३.६७ र उत्पादनमुलक समूहको सूचक ३४.४१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज अन्य समूहको सूचक मात्र ११.८६ अंकले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप