बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

मङ्गलबार, ०५ असार २०७५, १६ : ४२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १०० अंकित दरका ६०,००,००० (साठी लाख) कित्ता साधारण शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केट लि. का तर्फका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गर्नु भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २ अर्व कायम हुनेछ । संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने आईएमईले जनाएको छ । कम्पनीले २०७४ भाद्र ०१ गते देखि कारोवार शुरु गरी हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत वीमा सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप