रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन शान्ति बीमा योजना
काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लि. ले आफ्ना ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बीमा योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा भविस्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्दछ ।
यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा आश्रीतहरुको भविष्य सुरक्षित गर्नु हो । यस जीवन शान्ति बीमा योजनासँगै विभिन्न अतिरिक्त सुविधाहरु पनि बीमितले लिन सक्नेछन् ।
साथै कम्पनीले घातक रोगहरु विरुद्धको अतिरिक्त सुविधाहरु पनि अघि ल्याएको छ । कम्पनीले ७, ११ वा १८ विभिन्न घातक रोगहरुबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो ।
नेपालमा १८ घातक रोगहरु विरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी हो ।
बीमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोगहरु विरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् । यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको चिकित्सकीयरुपमा प्रमाणित भएमा अधिकतम रु ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गरिनेछ ।
यो अतिरिक्त सुविधा विभिन्न बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा