बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीको प्रेममा बेनिशा

मङ्गलबार, ०५ असार २०७५, १६ : १०
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– मन छुने शब्दमा गीत बनाउदै आएका गायक लक्ष्मण श्रीको नयाँ गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ भिडियोसहित सार्वजनिक गरिएको छ । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीको भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारी सम्मले काम गरिसकेका छन् ।

यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक समेत हुन् ।

भिडियोमा अर्जुन तिवारीको छायाँकन, विकास दाहालको सम्पादन छ भने निर्देशन निशान घिमिरेले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप