मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुगमन टोली आएपछि सटर लगाएर भाग्छन् व्यवसायी

मङ्गलबार, ०५ असार २०७५, १५ : ४३
मङ्गलबार, ०५ असार २०७५

भक्तपुर  । मंगलबार दिउसोँ बजार अनुगमनको लागि एक टोली सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ कटुन्जेमा पुग्यो । 

जिल्ला प्रशासन भक्तपुरका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रको नेतृत्वमा गएको टोलीले नजिकै एउटा पसलमा अनुगमन गर्दै गर्दा नजिकै रहेको एक व्यवसायी सटरबन्द गरेर हिँडे । 

आरडी ग्याँस स्टोरमा अनुमगन टोलीले रहँदा नजिकै रहेको आरआर कोल्ड स्टोरका संचालक तुरुन्तै सटर तानेर हिडेँ । 

अनुगमन टोलीका प्रमुख मिश्रले प्रहरीलाई भित्र कोही भए सटर खोल्न लगाउनु वा सम्पर्क नम्बर लिनुभन्दा न कोही मानिस भित्र देखियो न नम्बर भेटियो । 

सल्लाघारी र कटुन्जे क्षेत्रमा रहेका किराना स्टोर, मिनी मार्ट, खाद्य स्टोर लयागत सातवटा पसलमा अनुगमन भएको छ ।

स्थानीय निकाय नगरपालिकामा दर्ता नभएको, आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

सबै व्यवसायीहरुले तौल गर्ने तराजुको नापतौल विभागबाट नविकरण नगरेको, मूल्य सूची नभएको भेटीएको छ । 

बजार अनुगमनमा पनि गल्ती कमी कमजारी भएका व्यवसायीहरुलाई कानुनी कारवही गर्नुको सट्टा चेतावनी दिएर मात्र दिएर छोड्ने काम हुने गरेको छ  ।

आरडी ग्यास स्टोर, अर्जुन स्टोर, दिव्य ज्योती स्टोर, गणपति नास्ता तथा मिठाई, न्यु ग्याँस स्टोर, आ.विर एसर किरना स्टोर र शुभलक्ष्मी खाद्ययनन सप्लायर्समा अनुगमन गरेको हो । बजार अनुगमन टोलीले कानून बमोजिम दर्ता गर्न र अन्य आवश्यक प्रक्रिया ७ दिन सम्ममा पूरा गर्न निर्देशन दिएको छ ।   

अनुगमन टोलीले म्याद गुज्रिएका विभिन्न कम्पनीका तेल, विस्कुट, घिउ, पेय पर्दाथ नष्ट गर्नको लागि नियन्त्रणमा लिइएको टोली प्रमुख मिश्रले बताए । 

अनुमगनमा टोलीमा जिल्ला प्रशासनका प्रनितिधि, सूर्यविनायक नगरपालिका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, र पत्रकारहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप