बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देवकोटाको निधनप्रति पूर्व राजा शाहबाट दुःख व्यक्त

मङ्गलबार, ०५ असार २०७५, १३ : ४१
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालका प्रख्यात न्यूरोलोजि विज्ञ डा. उपेन्द्र देवकोटाको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । 

शाहले डा. देवकोटाको निधनले देशले अपुरािण्य क्षती ब्यहोरेको भन्दै मृत आत्माको शान्तिको कामना पनि गरेका छन् । त्यस्तै पूर्व राजा शाहले शोकसन्तव्द परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् । 

शाहका सहयोगी तथा पुर्व मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जनले मंगलबार बिहान न्यूरो अस्पताल पुगेर देवकोटाको पार्थिब शरिरमा श्रद्धान्जली अर्पण गरेका थिए ।

त्यस्तै, सो क्रममा महर्जनले देवकोटाका परिवारलाई समेत भेटेर सान्त्वना दिएको पूर्व राजा शाहका स्वकिय सचिव फणि पाठकले बताएका छन् ।  डा देवकोटाको असार ४ गते साँँझ ५ः३५ बजे काठमाडौको न्युरो अस्पतालमा निधन भएको थियो । 

आजै उनको अन्त्यष्टि गरिने परिवारले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप