शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देवकोटाको निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति : विप्लव

मङ्गलबार, ०५ असार २०७५, १३ : ३६
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन प्रति नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समवेदना व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ :

नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ ।

डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ ।

साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप