बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राडामेल फाल्काओ

मङ्गलबार, ०५ असार २०७५, १२ : ३३
मङ्गलबार, ०५ असार २०७५

कुनै समय फाल्काओ कोलम्बियाका गोल्डेन ब्वाइ  थिए । सन् २०१४ को विश्वकपमा यी खेलाडीबाट ठूलो आशा गरिएको थियो । तर विश्वकप सुरु हुनुअघि घाइते भएपछि उनले खेल्न पाएनन् । 

फाल्काओको  अनुपस्थितिका बाबजुद यस प्रतियोगितामा जेम्स रोड्रिग्वेज चम्किए । उनले ६ गोल गरे । एक हिसाबले भन्नुपर्दा रोड्रिग्वेजको प्रदर्शनपछि समर्थकहरूले फाल्काओलाई नै बिर्सिए । 

तर यस वर्ष विश्वकप छनोटमा उनले फेरि आफूलाई प्रमाणित गरे । अन्तिम ४ खेलमा उनले गरेको दुई गोल कोलम्बियालाई रुसमा छनोट गराउन महत्वपूर्ण सावित भएको थियो । यी ३२ वर्षीय स्टारले ७१ खेल खेल्दै २९ गोल गरेका छन् र उनी टोलीका सर्वाधिक गोलकर्ता हुन् । ५ वर्षअघि एथलेटिको म्याड्रिडबाट खेल्दा फाल्काओ जुन फर्ममा थिए त्यही स्तरको प्रदर्शन उनले गर्नसकेमा कोलम्बियाको विश्वकप यात्रा अवश्य लामो हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप