शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री ऋचालाई किन मार्यो विनोदको मायाले ?

मङ्गलबार, ०५ असार २०७५, १२ : ०२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं – अभिनेत्री ऋचा सिंह ठकुरी अभिनित ‘यो पागल मन’ चलचित्रको नयाँ गीत ‘मार्यो मार्यो मायाले मार्यो’ सार्वजनिक भएको छ । मंगलबार युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो ।

ब्यान्ड बाजाको तामझाम सहित खिचिएको गीतमा अभिनेत्री ऋचा र अभिनेता विनोद न्यौपानेको अभिनय देख्न सकिन्छ । दयाराम पाण्डेको शब्द  र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइको नृत्य समेटिएको छ ।

२९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने ‘यो पागल मन’बाट ऋचाले अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । केही पहिले अभिनयमा राम्रो छबि बनाउन सफल ऋचा बिबाह पछि हराएकी थिइन् । कल्याण अधिकारीको निर्देशन रहेको यो चलचित्र निर्देशक कल्याणले बिरेन्द्र कुमार यादबसँगको सहकार्यमा मिलेर बनाएका हुन् । 

ऋचा र विनोदको अलवा चलचित्रमा गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत, शम्भु सापकोटाको छायाँकन र अनिल गौतमको सम्पादन रहेको चलचित्रमा कमल राईको नृत्य र राजु किराँतीको द्वन्द्व राखिएको छ । 

लभस्टोरी जनरामा निर्माण गरिएको ‘यो पागल मन’ दर्शकले रुचाउने निर्देशक कल्याणले बताए । यसको पटकथा तथा संवाद सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप