शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका १० खलनायकका सन्तानः कोही फिल्ममा स्टार त कसैको यस्तो हाल

मङ्गलबार, ०५ असार २०७५, ११ : २७
मङ्गलबार, ०५ असार २०७५

बलिउडमा खलनायकको त्यति नै महत्व हुन्छ जति एक मुख्य कलाकारको हुन्छ । त्यसकारण फिल्म इन्डष्ट्रिमा कहिले पनि भिलेनको कमी भएन । के तपाईंलाई आफ्नो जमानामा चर्चित रहेका खलनायकका सन्तान के गर्छन् भन्ने थाहा छ ?

बलिउड फिल्ममा भिलेनको भूमिका निभाएका केही स्टारका सन्तान फिल्मी क्षेत्रमा नै एक्टिभ छन् भने कोही लाइमलाइटबाट टाढा । शक्ति कपूरकी छोरी श्रद्धा कपूर र छोरा सिद्धान्त कपूर फिल्ममा सक्रिय छन् । आज हामी तपाईंलाई यस्तै बलिउडका चर्चित १० भिलेनका सन्तानसँगः

म्याक मोहनः

शोले, सत्ते पे सत्ता र कर्जजस्ता सफल फिल्ममा काम गर्ने म्याक मोहनका छोरा विक्रान्त म्याकिजन पनि फिल्ममा काम गर्दछन् । विक्रान्तलाई अन्तिम पटक फिल्म ‘द लास्ट मार्बल’ मा देखिएको थियो ।

अम्रिश पुरीः

अम्रिशको नाम बलिउडका सबैभन्दा सफल खलनायकको सूचीमा समावेश छ । उनका छोरा राजिव पुरी समुन्द्री नौसेना हुन् ।

एम.बी शेट्टीः

एक जमानामा उत्कृष्ट स्टन्टम्यान र भिलेन एम बी शेट्टी चर्चित निर्देशक रोहित शेट्टीका पिता हुन् । एम बीले आफ्नो करियरको सुरुवात फाइट इन्स्ट्रक्टरको रुपमा गरे । त्यसपछि उनी एक्सन डायरेक्टर बनेपछि नायक । एम बी शेट्टीका छोरा रोहित शेट्टी बलिउडका चर्चित निर्माता–निर्देशक हुन् ।

कबिर बेदीः

बलिउडका सबैभन्दा ह्यान्डसम भिलेन भनेर चिनिने कबिर बेदीले ‘खुन भरी मांग’ मा भिलेनको भूमिका निभाएपछि दर्शकबीच निकै लोकप्रिय बनेका थिए । कबिर बेदीका छोरा अदम बेदी एक अन्तर्राष्ट्रिय मोडल हुन् ।

दलीप ताहिलः

प्रेम तोड्नमा यदि कुनै भिलेनको नाम लिनुपर्दा सबैभन्दा पहिले दलीप ताहिलको नाम आउँछ । दिलिपलाई ‘बाजिगर, राजा, इश्क, कयामत से कयामत तक’ मा भिलेन बनेको देखिएको छ । दिलिपका छोरा ध्रुव ताहिल, लण्डनमा मोडलिङ गरिरहेका छन् ।

अमजद खानः

शोलेमा गब्बरको भूमिका निभाएका अमजद खान वास्तविक जीवनमासमेत गब्बरको नामले चर्चित भएका थिए । आफ्नो बुवाजस्तै उनका छोरा शादाब खानले पनि फिल्ममा करियर बनाउने सोचे तर सोचेजस्तो सफलता हात पार्न सकेनन् । शादाब खानले फिल्म राजाकी आएगी बारातबाट बलिउडमा डेब्यू गरेका थिए ।

गुलशन ग्रोवरः

गुलशन ग्रोवरको नाम बलिउडका चर्चित भिलेनको सूचीमा समावेश छ । उनका छोरा संजय फिल्मको लाइमलाइटबाट टाढा छन् । उनी एक व्यापारी हुन् ।

शक्ति कपुरः

७० र ८० को दशकमा भिलेन बनेर मानिसहरुमाझ चर्चित बनेका शक्ति कपूरको डायलग ‘आउ लोलिता’ निकै चर्चित छ । शक्ति कपुरजस्तै उनका छोरा सिद्धान्त पनि फिल्मी दुनियाँमा करियर बनाउन चाहन्छन् । सिद्धान्तले ‘हसिनाः द क्वीन अफ मुम्बई’ बाट बलिउडमा डेब्यू गरिसकेको छन् भने उनकी छोरी श्रद्धा कपुर आज बलिउडमा निकै चर्चित छिन् ।

डेनी डेन्जोंगपाः

डेनी डेन्जोंगपाले फिल्ममा भिलेनका साथै विभिन्न भूमिकामा देखिएका छन् । यस्तै, उनका छोरा रिन्जिंग पनि फिल्ममा आउने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप