दयाहाङ ‘भैरे’ बन्दा बर्षासँग बुद्धिको रोमान्स
काठमाडौं । ४ साउनबाट प्रदर्शनमा आउँने चलचित्र ‘भैरे’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दरबारमार्गको राइजिङ मल स्थित क्युज चलचित्रभवनमा सोमबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सन लगायत चलचित्रका महत्वपुर्ण दृश्य समेटिएको छ । निर्माण युनिटले ट्रेलर पुर्ण ब्यवसायिक पाटोलाई ध्यानमा राखेर तयार पारेका छन् । चलचित्रमा अभिनय रहेका कलाकार दयाहाङ राइ, सुरक्षा पन्त, बुद्धि तामाङ, बर्षा शिवाकोटी लगायतका कलाकार ट्रेलरमा समेत अटाएका छन् ।
निर्माण युनिट लगायत यी चलचित्रका प्राय सबै कलाकारको उपस्थिति रहेको कार्यक्रममा अभिनेता दयाहाङ राइले ‘भैरे’ पूर्ण रुपमा व्यवसायिक बनेको बताए । ‘अहिलेसम्म नपाएको भूमिका ‘भैरे’मा पाएको छु,’
उनले भने, ‘दर्शकलाई चलचित्रले मनोरञ्जन दिन्छ । तपाईंले ट्रेलरबाट पनि सो अनुमान लगाउन सक्नुहुन्छ ।’
अभिनेत्री सुरक्षा पन्तले दयाहाङसँग अभिनय गर्दा बेग्लै अनुभव संगाल्न पाएको बताइन् । उनले भनिन्, ‘‘भैरे’ सबै किसिमका दर्शकले मन पराउने खालको बनेको छ ।’
दयाहाङको जोडीमा सुरक्षा देखिएको चलचित्रमा बुद्धि तामाङसँग वर्षाले रोमान्स गरेकी छिन् । चलचित्रको शीर्ष भूमिका अर्थात ‘भैरे’को भूमिकामा भने दयाहाङ नै रहेका छन् ।
एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको ‘भैरे’ का निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह–निर्माताको रुपमा रहेका छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बनिष शाहको सम्पादन, पुरुषोत्तम प्रधानको छायाँकन, सूर्य थोक्करको द्वन्द्व रहेको छ ।
विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको समेत अभिनय चलचित्रमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त