बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिकाले चार मिनेटको प्रस्तुतीका लागि लिन्छिन् एक करोड बढी, ऋतिकले साढे तीन करोड

मङ्गलबार, ०५ असार २०७५, ११ : ०२
मङ्गलबार, ०५ असार २०७५

मुम्बई – पछिल्लो समय बलिउड अवार्डको रंगढंग नै बदलिएको छ ।  योसँगै नयाँ अनुहार पनि देखिन थालेका छन् । पहिले सिर्फ अवार्ड प्रदान गर्न यस्ता कार्यक्रममा आयोजना हुने गर्दथ्यो भने अहिले अवार्डमा आकर्षक प्रस्तुति समेत थपिएका छन् ।

सुरुसुरुमा अवार्ड कार्यक्रममा दर्शकको ध्यान कलाकारले के अवार्ड पाउँछन् भन्ने हुथ्यो तर अहिले अवार्डमा कुन कलाकारले कस्तो प्रस्तुति दिन्छन् भन्ने तिर दर्शकको ध्यान रहन्छ । बदलिएको अवार्ड कार्यक्रमसँगै यसमा प्रस्तुति दिने कलाकारको रकम पनि आकासिएको छ ।

जान्नुहोस् एक अवार्ड कार्यक्रमका लागि बलिउड स्टार कसले कति पारिश्रामिक लिन्छन् ?

ऋतिक रोशन:

 ऋतिक बलिउडका बेस्ट डान्सर अभिनेता मध्येका एक हुन् । त्यसैले पनि उनी एक अवार्ड प्रस्ुततिको लागि ३.५ करोडसम्म लिने गर्दछन् ।

दीपिका पादुकोण:

 अभिनेत्री दीपिका करोडौ मानिसको दिलको ढुकढुकी हुन् । उनी लुक्स, सादार अभिनय र राम्रो नृत्यका कारण सबैको प्रिय छिन् । उनी ४ मिनेट स्टेज कार्यक्रमका लागि १.३३ करोड रुपैयाँ लिन्छिन् ।

रणवीर सिंह:

 अभिनेता रणबीर सिंह इनर्जेटिक  परफमेन्सका कारण चर्चित छन् । उनको नृत्य स्टेजमा आगो लगाउने खालको हुने गर्दछ । उनले स्टेजमा एक प्रस्तुति दिएको २ करोड पारिश्रमिक लिने गर्दछन् ।

सलमान खान:

 सलमान खान स्टेजमा निकै मनोरञ्जन दिने कलाकार हुन् । उनी एक प्रस्तुतिका लागि ५ करोड लिने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप