शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको अन्तिम संस्कार गर्नेबेला कफिनले किचेर छोराको मृत्यु

मङ्गलबार, ०५ असार २०७५, १० : १६
मङ्गलबार, ०५ असार २०७५

डेली मेल

इन्डोनेसियामा एक व्यक्तिको आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको छ ।  

डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो । उक्त घटनामा ४० वर्षीय सामेन कोन्डोरुराको मृत्यु भएको हो ।

पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’

सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेको थियो । जसका कारण माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे । यसै क्रममा कफिनले पीडितलाई किचेको थियो ।

त्रसित प्रत्यक्षदर्शी सहयोगका लागि दौडिए । कोन्डोरुराको पछि अस्पतालमा मृत्यु भयो ।   

सिरेटका अनुसार उक्त दुर्घटना भर्याङको राम्रो व्यवस्था नभएका कारण भएको हो । कोन्डोरुराको शव अहिले आमाको शव नजिकै राखिएको सिरेटले बताए ।

जब ट्रोजनहरुको मृत्यु हुन्छ तब स्थानीयले ती व्यक्तिको धुमधामसँग अन्तिम संस्कार गरिन्छ । तीन चार दिनसम्म नाच गान र राँगोको बलि दिएर व्यक्तिलाई अन्तिम विदाई गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप