‘नरेन्द्र मोदीले विवाह नै गरेका छैनन्’
मङ्गलबार, ०५ असार २०७५, ०८ : २६
बीबीसी
मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले आइतबार मध्य प्रदेशको एक गाउँको सरकारी कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई अविवाहित बताएकी छिन् ।
हरदा जिल्लाको तिमारी गाउँको आँगनबाडी केन्द्रमा उनको कार्यक्रमको एक भिडियो सोमबार भाइरल भएको छ । उक्त कार्यक्रममा आनन्दीबेनले त्यहाँ उपस्थित महिलासँग मोदीले विवाह गरेका छैनन् भनेकी छिन् ।
आनन्दबेनले आँगनबाडी केन्द्रमा महिलासँग भन्छिन्, ‘उनले विवाह गरेका छैनन्, यो त तपाईंहरुलाई थाहा छ नि । नरेन्द्र भाइले विवाह गरेका छैनन् । अविवाहित हुँदा पनि मोदीलाई महिला र बच्चालाई कस्तो समस्या हुन्छ, त्यसबारे थाहा छ ।’
आनन्दीबेनको यो बयान बिजेपीलाई असहज बनाउने किसिमको छ किनभने मोदीले बनारसमा नामांकनको शपथ पत्रमा जसोदाबेनसँग उनको विवाह भएको स्विकारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण