शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जानकी मन्दिर परिसरमा संघ शिक्षा वर्गको समापन

मङ्गलबार, ०५ असार २०७५, ०८ : १९
मङ्गलबार, ०५ असार २०७५

जनकपुरधाम - हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा २० दिने प्रशिक्षण वर्गको समापन भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा सोमबार प्रशिक्षण वर्ग समापन भएको हो ।

नेपाल ल कलेजका निर्देशक डा. रामकृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा २० दिनदेखि प्रशिक्षणरत शिक्षार्थीले शारीरिक प्रदर्शन गरेका थिए । 

योग, व्यायामयोग, दण्डयोग, नियुद्ध, सूर्यनमस्कार, दण्ड प्रदर्शन, सामूहिक समता, तिष्ठ योग जस्ता शारीरिक प्रदर्शनसँगै १६ देखि ६५ वर्षसम्मका शिक्षार्थीले घोषको तालमा सञ्चलन गर्दै ध्वज परिक्रमा गरेका थिए ।

कार्यक्रममा विश्व हिन्दू परिषद्का प्रबन्ध समिति सदस्य दिनेश चन्द्रले वसुधैव कुटुम्बकमको भावना राखेर सबैको कल्याणको कामना गर्ने हिन्दू समाज संगठित रहनुपर्ने बताए । 

प्रमुख अतिथि डा. तिमल्सिनाले हाम्रो गौरवशाली अतीत, योग, श्रेष्ठ जीवन पद्धति बिर्सिएकाले आज व्यक्ति, समाज र राष्ट्र विविध समस्यामा परिरहेको तर्क गरे । उनले भने, 'हिन्दू स्वयंसेवक संघ नेपाल प्रशिक्षण र अन्य विविध कार्यक्रमको माध्यमबाट समाजमा फेरि त्यही ऊर्जा ल्याउने काम गर्दैछ ।'

समापन समरोहमा वर्गका वर्गाधिकारी रामनरेश सिंह, वर्ग संयोजक बैद्यनाथ प्रसाद साह, वर्ग व्यवस्था प्रमुख पवनकुमार ठाकुर, जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णवलगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप