केन्द्रीय संस्करण

अधिकारीको खस्कँदो स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह

person access_timeअसार ४, २०७५ chat_bubble_outline0

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । 

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा अदालतको आदेशको पालनामा सरकारले सक्रियता देखाउनुपर्ने र सत्याग्रहीप्रति सरकार संवेशदनशील बन्नुपर्ने भनिएको छ । 

लोकतान्त्रिक मूल्य, कानूनी शासन र व्यक्तिका स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध बन्न सरकारलाई आग्रह गर्दै वक्तव्यमा राष्ट्रिय स्वाभिमान र सद्भावविरुद्ध क्रियाशील जो कोहीलाई पनि कानून सम्मत कारबाहीको माग गरिएको छ । 

तत्कालीन माओवादीले मुलुकमा शुरु गरेको युद्धकालमा मारिएका छोरा कृष्णको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकारी करीब पाँच वर्षदेखि अनशनमा रहेकी छन् । उनको पतिको अनशनका क्रममा केही वर्षअगाडि मृत्यु भइसकेको छ । 

पछिल्ला दिनमा सरकारले अवलम्बन गर्न थालेका कतिपय नीति स्वतन्त्रताप्रति मेल नखाने उल्लेख गर्दै केही मन्त्रीको स्वेच्छाचारी आचरण, विधि, प्रक्रिया र मूल्यलाई लत्याएर ठाडो आदेशका भरमा संघसंस्थालाई निर्देशित गर्न खोज्ने प्रवृत्ति तथा एकाधिकारवादलाई बढावा दिने खालका केही सरकारी निर्णयहरु आपत्तिजनक रहेको वक्तव्यमा उल्लेख छ । 
 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ