केन्द्रीय संस्करण

अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कार्वाही गर्ने देउवाको चेतावनी

person access_timeअसार ४, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।  सभापति देउवाले पार्टी भित्रको अन्तरघातकै कारण प्रतिनिधिसभा निर्वाचनमा २५ सिट गुमाउनु परेको दावी समेत गरे ।

सोमबार भरतपुरमा नेपाल दलित संघ, चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेको दावी समेत गरे । 

सभापति देउवाले आफूलाई मात्रै दोष दिएर पार्टी नचल्ने पनि स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्याउने दृढता समेत व्यक्त गरे । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिए । 
 

 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ