शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्धन उत्थान बैंकले दियो पाल्पामा ब्यवसायिक कुखुरापालन तालिम

सोमबार, ०४ असार २०७५, १९ : ३३
सोमबार, ०४ असार २०७५

काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २४ जना ग्राहक सदस्यहरुको सहभागितामा आषाढ १ गतेदेखि ३ गतेसम्म पाल्पा जिल्लाको आर्यभज्याङ्गमा “ब्यवसायिक कुखरापालन तालिम” सम्पन्न गरेको छ । बैंकका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्द कुमार गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन पहल स्वरुप तालिम दिएको बताए ।

बैंकले साँढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा र कर्जा लिई ब्यवसायमा लागेका धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बताएको छ । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका छन् ।

कुखुरापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख अधिकारीले जानकारी दिए । ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त वित्तीय संस्था भएको बैंकको  दावी छ ।

यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप