शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी विकास बैंकका अध्यक्ष सुशिल गौचनले लिए सपथ

सोमबार, ०४ असार २०७५, १८ : ५५
सोमबार, ०४ असार २०७५

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् ।

जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, कृष्ण बहादुर थापा र बासुदेव त्रिपाठीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो ।

त्यसपछि बसेको नवनिर्वाचित संचालकहरुको बैठकले सुशिल गौचनलाई बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । साधारण सभापछि बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड पुगेको छ ।

चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैंक लिमिटेड नेपालको सबैभन्दा धेरैे चुक्ता पूँजी भएको विकास बैंक भएको छ । बैंकले नेपालको पूर्व देखि  पश्चिम सम्म ६२ वटा शाखा संचालनमा ल्याएको छ भने थप १५ वटा शाखाहरु यसै आ.ब. भित्र संचालनमा ल्याउन तयारी गरेको छ ।       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप