शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीतापाइलामा एभरेष्ट बैंकको नयाँ शाखा, देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने प्रतिवद्धता

सोमबार, ०४ असार २०७५, १७ : ५४
सोमबार, ०४ असार २०७५

काडमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तारलाई तिव्रता दिएको छ ।

बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एल.भी. प्रभाकरले शाखाको उद्घाटन गरे । 

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साँढे नौ लाख भन्दा बढि रहेको बैंकले जनाएको छ । त्यसैगरी हालै भएको क्यामेलस् रेटिङ्मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप