मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यबृद्धि विरूद्ध नेविसंघद्वारा विराेध प्रदर्शन

सोमबार, ०४ असार २०७५, १७ : ०८
सोमबार, ०४ असार २०७५

काठमाडाैं-सरकारको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रि.वि समितिले सामूहिक भोजन कार्यक्रम गरेको छ ।

 सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिका उपभोगाका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौँ आएर भाडामा वस्ने विद्यार्थीहरु समस्या परेकाे भन्दै नेविसंघले कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल,तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाएर विराेध जनाएकाे नेबिसघ केन्द्रिय महामन्त्री कुन्दन राज काफ्लेले बताए। 

उक्त कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य शुशिल भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई  सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेका थियो ।नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप