पूर्वी सिरियामा ३८ लडाकू मारिए
एजेन्सी– इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।
यी लडाकूहरु सरकार समर्थित समूहका रहेको बताइएको छ । सिरियाली सरकारआवद्ध सुरक्षामाथि भएको यो एक भयानक आक्रमण भएको बेलायतआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
दैर इजोर प्रान्तको अल हारी भन्ने स्थानमा सिरियाली लडाकू नभई सरकार समर्थित ३८ विदेशी लडाकू मारिएका सिरियाली सरकारले जानकारी दिएको छ ।
सिरियाली राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार यस आक्रमण इस्लामिक स्टेट्स् ९आइएस० आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई आक्रमण गरेका थिए ।
सिरियाली शासक पक्षलाई सहयोग गर्दै आएका अमेरिका र रुसआवद्ध सेनाले आइएसको बलियो प्रभाव रहेको प्रान्तको दैर इजोरको अल हारीमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका थिए ।
सिरियामा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्चबाट आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो ।
केही समयपछि गृहयुद्धमा परिणत भएको यहाँको आन्तरिक विद्रोहमा हाल आएर भने अल कायदा, इस्लामिक स्टेट्स्जस्ता आतङ्ककारी समूह हावी हुदै गएका छन् ।
जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ४ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य लाखौँ घाइते भएका छन् ।
त्यसैगरी लाखौँ व्यक्ति आफ्नै देशमा आन्तरिक रुपमा तथा देश बाहिर छिमेकमा पनि शरणार्थी बन्न पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा