शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको फ्यान शक्ति गौचन बने स्विफ्टको पहिलो ग्राहक

सोमबार, ०४ असार २०७५, १६ : ४९
सोमबार, ०४ असार २०७५

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल सार्वजनिक गर्यो ।

यो मोडेल सार्वजनिक गर्दै लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन आफू पहिले देखि नै सुजुकीको फ्यान भएको र लामो प्रतीक्षाको फलस्वरुप एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्त गरेको भन्दै आफू पहिलो ग्राहक बन्ने बताए ।

सानैदेखिनै सुजुकीका गाडीहरुमा निकै चासो हुने गरेको र यो दिनको लागि लामो समयदेखि धैर्यता पूर्व पर्खाइमा बसेको बताए । यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल ई डी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भीभीटी जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामाकेन्द्रित डुवल एयरब्याग, ईबीडी सँगै एबीएस, आइसोफिक्स् र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको गाडी हो ।

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यो कारको प्रारम्भिक अफर सहितको मूल्य २८,९९,००० तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप