शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको उत्तरपूर्वी राज्य आसाममा भीषण बाढी,  ९ जनाको मृत्यु

सोमबार, ०४ असार २०७५, १६ : ४६
सोमबार, ०४ असार २०७५

एजेन्सी– उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । 

उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् । 

सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार गरिएको छ । 

यस बाढीका कारण करिब एक लाख ७३ हजार व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई आश्रयस्थल बनाएर राखिएको छ । 

भारी वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । के कति हराएका छन् भन्नेबारेमा खोजी शुरु भएको बताइएको छ । 

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यको प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप