शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

सोमबार, ०४ असार २०७५, १६ : २४
सोमबार, ०४ असार २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्र«पति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन् । 

सो अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं होली सीका गैरआवासीय स्थायी कुटनीतिक अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप