बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ५ मा पनि बैठक स्थगित

सोमबार, ०४ असार २०७५, १५ : ४७
सोमबार, ०४ असार २०७५

बुटवल– प्रदेश नं ५ मा प्रदेशसभाको बैठक आज स्थगन भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिएकाm छन् ।  यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो । 

प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गरेका हुन् । 

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गरेका थिए । 

उनले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाए । 

उनले भने, ‘बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।’ बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप