बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

सोमबार, ०४ असार २०७५, १५ : ०१
सोमबार, ०४ असार २०७५

एजेन्सी– उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।

यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएकी छन् । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । 

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् । 

उनले उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने केही खुलाएकी भने छैनन् । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उनले दिइन् । 

यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो । 

उनीहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो । 

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो । 

दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको थियो छ । 

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ता सम्भव भयो । 

उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्झौतापछि भने कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरण गर्ने आशा बढेको बताइएको छ । 

कतिपयले भने दुई कोरियाको अप्रिल २७ मा सम्पन्न शान्तिवार्ता तथा अमेरिका र उत्तर कोरियाबीच जुन १२ मा भएको वार्ता र चारबुँदे सहमति पत्रमा हस्ताक्षर पछि कोरियाली प्रायद्वीपमा औपचारिक रुपमै युद्ध अन्त्य भइसकेको बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप