शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय ‘चार्ली चाप्लिन’ नेपालमा

सोमबार, ०४ असार २०७५, १४ : १४
सोमबार, ०४ असार २०७५

काठमाडौं– ‘चार्ली चाप्लिन’ अर्थात भारतीय कलाकार राजनकुमार नेपाल आएका छन् । उनी आफ्नो फिल्म ‘नमस्ते बिहार’ प्रचारका लागि नेपाल आएका हुन् । 

आईतवार ठमेलमा आयोजित एक कार्यक्रममा उनले आफु नेपाल आउनुको कारण फिल्म प्रचार रहेको खुलाए । खासगरी भारतमा स्टेज पर्फमरका रुपमा प्रख्यात राजनले विश्वप्रख्यात कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन् । सन् २०१० मा ‘चार्ली चाप्लिन–२’ का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ । 

कार्यक्रममै उनले चार्लीको शैलीमा अभिनय गरेर सहभागीलाई हँसाएका थिए । ‘फिल्म बिहारमा जन्मिएको एक युवा डब्लुको कथा हो,’ उनले भने, ‘जहाँ डब्लुको भूमिकामा म स्वयम्ले निर्वाह गरेको छु । फिल्ममा डब्लु निडर र साहसी युवाको भूमिकामा छ । एउटा इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भूमरीमा नचाहँदा नचाहँदै फस्छ फिल्म त्यसकै वरिपरि घुमेको छ ।’ 

फिल्ममा भुमिका कलिता अभिनेत्रीको भूमिकामा छिन् । उनले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छिन् । राजनका अनुसार नमस्ते बिहार बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामका रुपमा राखिएको हो । फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको कार्यक्रममा जानकारी दिइयो ।

सन् १९९८ मा उत्कृष्ट छाउ नृत्य गरेवापत उनलाई नेसनल अवार्ड समेत प्रदान गरिएको थियो । सन् २०१६ को भारतीय पद्माश्री अवार्डमा पनि उनी मनोनयनमा परेका थिए 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप