शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केभिन डि ब्रुयना

सोमबार, ०४ असार २०७५, १४ : ०७
सोमबार, ०४ असार २०७५

काठमाडौँ । म्यानचेस्टर सिटीलाई यस वर्ष इङ्लिस प्रिमियर लिग जिताउने क्रममा केभिन डि ब्रुयनाको प्रदर्शन महत्वपूर्ण रह्यो ।

बेल्जियममा यी अट्याकिङ मिडफिल्डर अहिले आफ्नो करियरकै उच्च लयमा छन् ।

२६ वर्षको उमेरमै उनले राष्ट्रिय टोलीबाट ६२ क्याप जितिसकेका छन् । १४ गोल समेत गरेका छन् । 

स्टार खेलाडीहरुले भरिएको बेल्जियममा उनले आज सेन्ट्रल मिडफिल्डबाट खेल्नसक्छन् । उनी विंगर र सेकेन्ड स्ट्राइकरका रुपमा पनि उत्तिकै उत्कृष्ट छन् । त्यसैले उनलाई आधुनिक दिनका ‘एडन्भान्स्ड प्लेमेकर’ पनि भनिन्छ ।

लामो दूरीबाट बल प्रहार गर्नसक्ने तथा क्रस उपलब्ध गराउन सक्ने भएको उनी विपक्षीमाथि कतिबेला हाबी हुन्छन् भन्ने अनुमान लगाउन मुस्किल पर्छ । 

सन् २०१४ को विश्वकप छनोट तथा विश्वकपमा उनी टोलीका नियमित सदस्य थिए । गत संस्करणको प्रतियोगितामा अल्जेरिया विरुद्धको खेलमा उनले एक गोलका लागि एसिस्ट गरेका थिए भने अमेरिका विरुद्ध एक गोल गरेका थिए । 

यी खेलाडीले कुनै पनि बेला खेलको लय, गति र नतिजा परिवर्तन गर्नसक्ने क्षमता राख्छन् । त्यसैले आज हुने खेलमा पानामाले यी खेलाडीलाई विशेष मार्क गर्नसक्छ । 

नाम : केभिन डि ब्रुयना

जन्म : सन् १९९१, जुन २८

स्थान : ड्रोनगेन, बेल्जियम

पोजिसन : मिडफिल्डर

क्लब : म्यान्चेस्टर सिटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप