शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

सोमबार, ०४ असार २०७५, १३ : ३१
सोमबार, ०४ असार २०७५

बाबियाचौर– प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ । 

सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ । 

प्राध्यापक डा गणेशमान गुरुङको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्वविद्यालय र महाविद्यालयको सम्भाव्यता अध्ययन शुरु गरेको हो । गत जेठ १८ गते मन्त्रालयको निर्णय अनुसार गठन भएको कार्यदलले जेठ २४ गतेदेखि विभिन्न जिल्लामा सुझाव संकलन लिने काम गर्दै आएको छ । 

विकासका लागि दक्ष, सक्षम र योग्य जनशक्ति तयार पार्ने उद्देश्यले स्थापना हुन लागेको प्रादेशिक विश्वविद्यालय र महाविद्यालयको आवश्यकता, यसको फाइदा, सम्भावना र चुनौतीको विषयमा जनप्रतिनिधि, निजी क्षेत्र तथा वुिद्धजिविसँग छलफल गरिरहेको कार्यदलकी सदस्य दिवाकुमारी पुनले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप