एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी, रातोपाटीबाटै हेर्न सकिने
काठमाडौं– एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको रातोपाटीलाई जानकारी दिए ।
सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ ।
यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।
विगतको वर्षमा जस्तै रातोपाटीले यसवर्षपनि एसईईको नतिजा www.see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक हुनेवित्तिकै सजिलै www.see.ratopati.com हेर्ने व्यवस्था मिलाइएको रातोपाटीका प्रशासन प्रमुख अर्जुन पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने