बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाडनाता प्रेमको परिणाम : एकै साथ देहत्याग र अन्त्येष्टि, प्रहरी पनि विवादमा तानियो !

सोमबार, ०४ असार २०७५, १३ : २४
सोमबार, ०४ असार २०७५

गुल्मीको छिमेकी  जिल्ला प्युठानमा  दाजु बहिनीबीच  प्रेम सम्बन्धलाई स्थानीयले असफल पार्न खोजेपछि दुवैजनाले एकैसाथ विष सेवन गरेर आत्महत्या गरेका छन्् । 

झिम्रुक  गाउँपालिका वडा नम्बर ५ नेपाने निवासी  २३ वर्षे एक युवक र १७ वर्षीया युवतीले विषसेवन गरेका हुन् ।

विष सेवनबाट शनिबार  उनीहरूले देह त्याग गरेपछि आइतबार परिवारले सहमति गरेपछि घटना बाहिर आएको हो ।

सहमति पश्चात परिवारले सोमबार बिहान शव बुझेर एकै साथ झिम्रुक घाटमा अन्त्यष्टि गरेका छन् ।

प्रेमी बनेका दाजुको शव र प्रेमिका बनेकी बहिनीको शवमा दुवैका परिवारजनले दागबत्ती दिइरहँदा कोलाहाल मच्चिएको छ । 

उनीहरू करिब सय मिटर टाढा घरधुरी र १३ दिने दाजुभाइका छोराछोरी रहेका थिए ।

यस्तो छ घटना विवरण

उनीहरू  जेठको अन्तिम सातातिर भागी विवाह गरी भारततिर हिँडेका थिए । 

त्यस क्रममा उनीहरूलाई कपिलवस्तुको कृष्णनगर नाकामा पुग्दा माइती नेपाल भन्ने संस्थाले रोक्यो । 

त्यसपछि ती युवाको घरमा सो संस्थाले फोन ग¥यो । उनकी आमाले उनीहरू दाजुबहिनी हुन उपचार गर्न हिँडेकाले छाडिदिन अनुरोध भएपछि संस्थाले छाडिदियो ।

त्यसपछि उनीहरू दुवै जना भारतको दिल्ली पुगे ।

त्यसको केही दिनपछि फेरि युवतीकी आमाले माइती नेपाल पुगेर मेरो सहमतिविना किन छाडियो भनेर आक्रोश पोखिन्  ।

त्यसपछि फर्केर उनले झिम्रुक–५ मा रहेको इलाका प्रहरी कार्यालय मच्छीमा  गएर हाडनाता करर्णीविरुद्धको उजुरी दिइन् । 

प्रहरीले दुवै पक्षका अभिभावकलाई झिकायो । 

युवतीकी आमाको माग बमोजिम प्रहरीले युवकको परिवारलाई एक हप्ताभित्र उनीहरूलाई भारतबाट झिकाए । 

जेल हाल्नेसम्मको धम्की दिए ।

अन्ततः दुवै जना त्यहाँबाट हिँडे । 

युवाका भाइ कृष्णनगरसम्म लिन गएका थिए । उनले दुवै जनालाई मच्छी इलाका प्रहरी कार्यालयमा जेठ–३० गते साँझ बुझाए । 

अर्को  दिन युवतीले म भारतमा बस्ने भएकाले १३ दिने दाजुभाइ भएको आफूलाई थाहा नभएर माया प्रेम बस्न गएको बताइन् । 

युवाले त्यस गाउँका कतिपय घटनाको उदाहरण  दिँदै भने– ‘अरूले भाउजु  र आमा पर्नेसम्मलाई लगेका छन् भने हामीलाई किन रोक्नु हुन्छ ? हामी एकअर्काबिना बाँच्नै नसक्ने भएका छौं ।’ 

उनको यस्तो भनाइले गाउँले  थप आक्रोशित  भएर उनीहरूलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय विजुवार लैजान माग राखे । 

त्यहाँबाट शिभिल पोसाकमा एकजना प्रहरी जवानको साथ लगाएर उनीहरूलाई सार्वजनिक सवारी साधनमा राखेर लगियो ।

सुरक्षाकर्मीको निगरानी

जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख डीएसपी राजेन्द्र पोखरेलसँग सम्पर्क राख्दा उनले ती दुवैलाई हिरासतमा नलिई सामन्य निगरानीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याउन लागेको बेला दुखद् घटना घटेको बताए ।

उनले भने– ‘हिजो आइतबार एक खालको सहमति बनेर शव बुझेर लैजानु भएको छ, उहाँहरूले प्रहरीको कमजोरीमा दुवै जनाको ज्यान गएको भन्ने आरोप लगाउनुभएको छ । तर, उनीहरू हिरासतका पात्र थिएनन् ।’  

सामन्य निगरानीमा राखेर मच्छी प्रहरी  चौकीका जवानले जि.प्र.का. ल्याउँदै गर्दा उनीहरूले बाटोमा विष सेवन गरेर यस्तो  दुखद् घटना भएको प्रहरीको भनाइ छ । तर दुवै अभिभावकका पक्षबाट स्थानीय समाजसेवी दानबहादुर जिसी मच्छी प्रहरी चौकीका जवानको चरम लापरवाही भएको आरोप लगाउँछन् । उनले भने– ‘प्रहरीको निगरानीमा भएका दुवै जनाले विष सेवन गर्दा के हेरेर बसे ?  के यही हो सुरक्षा ?
उनी भन्छन्– ‘प्रमुख जिल्ला अधिकारी  कृष्णबहादुर  घिमिरेको रोहवरमा बसेको बैठकले गरेको कागजपत्रमा संस्थागत कमजोरी मात्रै स्वीकार गरियो । तर ती प्रहरी जवानको कमजोरी उल्लेख गरिएन । त्यसपछि अभिभावकहरूले उक्त कुरा उल्लेख नगरेसम्म सहमति नगर्ने अडान लिइयो । त्यसपछि निजलाई कारवाही गर्ने लिखित सहमति भएपछि मात्र शव उठाइको हो ।’

उनका अनुसार बाटोमा जाँदै गरेको अवस्थामा उनीहरू मरनथाना भन्ने स्थानमा ओर्लिए । त्यसपछि बागदुला भन्ने स्थानमा फेरि ओर्लिए । त्यहाँ ओर्लेर उनीहरूले नास्ता खान्छौँ भने । केरा र पानी खाए ।  युवतीलाई रजस्वला भएको भन्दै शौचालयमा कपडा फेर्छु  भनिन् र शौचालय पसिन् ।

युवती बाहिर निक्लेलगत्तै युवा पनि शौचालय पसेर बाहिरिएका थिए । त्यहाँबाट हिँडेका उनीहरूलाई कृषि विकास कार्यालय नजिक ओरालियो । त्यहाँ उनीहरू पानी पिउँदै एक आपसमा हाँस्दै जिस्किँदै थिए ।
त्यसपछि नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँटमा ल्याइयो । सोधपुछ गर्दागर्दै युवतीले वान्ता गर्न थालिन् । उनलाई उनका प्रेमी र प्रहरीले समातेर बाहिर लगे, लगत्तै उनका प्रेमीले पनि वान्ता गर्न सुरु गरे ।

 त्यस क्रममा युवाले प्रहरीलाई आफूहरू दुवैले विष सेवन गरेको बताएको प्रहरीको भनाइ आए पनि प्रहरीबाहेक सुन्ने देख्ने सर्वसाधरण अरू छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप