शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले गरे ‘संजु’ माथि कमेन्ट, रणबीर कपुरले दिए यस्तो जवाफ

सोमबार, ०४ असार २०७५, १२ : ५५
सोमबार, ०४ असार २०७५

रणबीर कपुर स्टारर फिल्म ‘संजु’ मा नायकको अभिनय र लुक्सको हरेक व्यक्तिले प्रशंसा गरिरहेका छन् । तर सलमानलाई जब रणबीर कपुरको अभिनयबारे सोधियो तब उनले फिल्मको अन्तिम भाग संजय दत्त आफैले गरेको भए हुन्थ्यो भनी टिप्पणी गरेका छन् । सलमान खानको यो बयानमा अब रणबीर कपुरले प्रतिक्रिया जनाएका छन् ।

उनले भने, ‘अहिलेसम्म कसैले पनि आफ्नो बायोपिकमा आफैंले अभिनय गरेको छैन । यस्तो गरिए क्यारेक्टरको इफेक्ट समाप्त हुन्छ । मलाई थाहा छ, मेरो तुलना संजय दत्तसँग गरिनेछ, त्यसकारण मैले कडा मेहनत गरेको छु र क्यारेक्टरलाई न्याय दिने कोसिस गरेको छु ।’

उनी थप्छिन्, ‘मानिसहरुले मलाई चाहे ४० वर्षका संजय दत्त देखून् वा २० वर्षका, उनीहरुलाई यस्तो लाग्नुपर्छ कि उनीहरुले एक कलाकारलाई हेरिरहेका छन्, जसले संजय दत्तको भूमिका निभाइरहेका छन् । यो साँचो हो कि म दोस्रो संजय दत्त बन्न सक्दिनँ ।’

स्मरण रहोस्, राजकुमार हिरानीको फिल्म संजु आउँदो शुक्रबारदेखि रिलिज हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप