बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय गाडीको ठक्करबाट कपिलबस्तुमा एकको मृत्यु

सोमबार, ०४ असार २०७५, १२ : ३०
सोमबार, ०४ असार २०७५

काठमाडौं– भारतीय नम्बरप्लेटको गाडीले ठक्कर दिँदा कपिलबस्तुको यशोधरा गाउँपालिका–५ स्थित बैधौलीमा एकजनाको मृत्यु भएको छ ।
तौलिहवा बाट भारतर्फ जाँदै गरेको  युपी ५६ टि ७२४० नम्बरको जिपले ६० बर्षिय  अयोध्या प्रसाद चौधरी कुर्मीलाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
पैदलयात्रीको साईडमा हिँडीरहेका चौधरीलाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर हुने संजय चौहानले उक्त गाडी चलाएको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप