शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको ‘रेस थ्री’ हेरेपछि दर्शकले भने, ‘भाइ, जेलमा नै ठिक थियौ’

सोमबार, ०४ असार २०७५, ११ : ४९
सोमबार, ०४ असार २०७५

रेस थ्री रिलिज भइसकेको छ । फिल्मले तीन दिनमा ८० करोडभन्दा बढिको कमाई गरेको छ । फिल्मको ट्रेलर रिलिज भएदेखि नै यसका रमाइला भिडियो सोसल मिडियामा छाउन थालेका थिए । कमाईको हिसाबले रेस थ्री सलमान खानको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्ने अनुमान गरिएको छ  । तर दर्शकहरुले भने फिल्मको खराब प्रतिक्रिया दिइरहेका छन् । यसलाई ट्रोल गर्नेहरुको पनि कुनै कमी छैन ।

एक प्रयोगकर्ताले लेखिन्, ‘अनुष्का – तपाईंले सडकमा किन फोहोर फ्याँकिरहनु भएको छ ? सलमान फ्यान – त्यो रेस थ्रीको टिकट हो ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘सल्लू भाइलाई जमानत दिने न्यायाधिसले रेस थ्री पाँचसय पटक हेर्नुपर्छ ।’

यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘भाइ, यो भन्दा त तपाईं जेलमा नै बसेको भए राम्रो हुन्थ्यो, कम्तीमा रेस थ्रीजस्तो फिल्म त हेर्नु पर्दैनथ्यो ।’

साथै, अर्का एक प्रयोगकर्ताले लेखे, ‘हाम्रो पैसा डुब्यो, तिम्रो बकवास फिल्म हेरेर... योभन्दा राम्रो त सेफ अली खानको थियो । ’ अर्काले लेखे, ‘भाइ, रेस थ्री हेर्नका लागि ठूलो हिम्मत चाहिन्छ ।’

प्रयोगकर्ताले रेस थ्रीलाई सलमानको अहिलेसम्मको सबैभन्दा घटिया फिल्म बताइरहेका छन् भने कतिले फिल्म हेर्नुभन्दा जेलमा बस्न तयार भएको बताए । एक दर्शकले फिल्मलाई फाल्तु बताएका छनु भने अर्काले यसलाई ग्रहको सबैभन्दा खराब फिल्म बताएका छन् ।

एक प्रयोगकर्ताले रेस थ्रीभन्दा सलमानको ट्युबलाइट भएको बताएका छन् यस्तै अन्य ट्वीटमा मोदीको फिटनेस मन्त्र योभन्दा धेरै मनोरञ्जनात्मक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप