शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली (हेर्नुहोस् सूचि)

सोमबार, ०४ असार २०७५, ११ : २०
सोमबार, ०४ असार २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । 

ओली भोलि चीन भम्रणमा जाँदैछन् । 

हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् । 

भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् । 

यसमा बेइजिङ दूतावासको टोली पनि थपिनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । 

चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भनेका थिए, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” 

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । 

प्रधानमन्त्री ओलीले भ्रमणवारे आज संसदलाई जानकारी दिँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप