मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

क्रियापुत्री भवन निर्माण

सोमबार, ०४ असार २०७५, १० : ५८
सोमबार, ०४ असार २०७५

तनहुँ -महायज्ञबाट संकलन रकमबाट तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण गरिएको चार कोठे पक्की क्रियापुत्री भवनको उद्घाटन गरिएको छ । 

सो क्रियापुत्री भवनको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले भवन निर्माण भएपछि क्रियापुत्रीलाई राहत पुग्ने बताउनुभयो । शिव मन्दिर संरक्षण समिति आँबुखैरेनीको मस्र्याङ्दी र दरौदीको दोभानमा रहेको शिव मन्दिर परिसरमा सञ्चालित महायज्ञबाट संकलित रु ३२ लाखबाट किरियापुत्री भवन निर्माण गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप