बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको युद्ध मोह, बाबुरामको दक्षिणपन्थी दलदल : कसरी गर्ने कम्युनिस्ट आन्दोलनको पुनर्गठन ?

सोमबार, ०४ असार २०७५, १० : ०४
सोमबार, ०४ असार २०७५

समाज गतिशील छ । यो गतिशील समाजले पुराना कतिपय मान्यतालाई अङ्गीकार गर्न छाड्छ भने नयाँ मान्यतालाई जबरजस्त अँगाल्नु पर्ने बाध्यता सिर्जना हुन्छ । पुरानो मान्यता छोडेर नयाँ मान्यता अगाल्न सङ्घर्ष र सङ्क्रमणबाट गुज्रनु अनिवार्य छ । आदिम साम्यवादभन्दा दासयुग प्रगतिशील थियो र दासयुगभन्दा सामन्तवाद विछट्टै प्रगतिशील । पुँजीवादी वा समाजवादी समाजका जनताले कुनैबेला प्रगतिशील ठानिएका दासयुग र सामन्तवाद सम्झदा जिब्रो काट्छन् । पुँजीवादकोे सुरुवातसँगै मजदुर सर्वहारामाथि भएको शोषणका कारण तिनबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने विषयमा कार्ल माक्र्सले ऐतिहासिक, दार्शनिक र राजनीतिक व्याख्या गरे । उनले तत्कालीन विश्व समाजको आधारमा व्याख्या गरे । वर्तमान विश्व परिवेशको आधारमा होइन । माक्र्सले भनेजस्तो गरी न रुस न चीनमा परिवर्तन भयो । माक्र्सवादमा लेनिनले थप व्याख्या नगरी रुसमा क्रान्ति सम्भव भएन । माक्र्सको शब्दकोशमा नभएको नयाँ जनवादी मोडल विकसित गरेर मात्र माओ चीनमा सत्ता कब्जा गर्न सफल भए ।

 ठीक त्यसैगरी नेपालमा क्रान्तिका रुसी वा चिनियाँ मोडल प्रयोग गर्न सम्भव थिएन । पुष्पलालले नौलो जनवादी कार्यक्रम अगाडि सारेर २०१० सालको काठमाडौँ नगरपालिकाको चुनाव र २०१५ को संसदीय चुनावमा भाग लिने विषय, सशस्त्र झापा विद्रोहबाट जन्मेर भूमिगत राजनीति गरिरहेको तत्कालीन नेकपा (माले)ले पञ्चायती निर्वाचनमा भाग लिने विषय र आफ्नो मूल सिद्धान्त माओवाद बनाएर दीर्घकालीन जनयुद्धमार्फत् सत्ता कब्जा गर्न रणनीति बोकेको तत्कालीन नेकपा (माओवादी)ले एकाएक हतियार बुझाएर चुनावमा भाग लिने विषय नेपालको कम्युनिस्ट आन्दोलनका मौलिक विषय हुन् । त्यसकारण आफ्नो देशको परिवेश अनुरूप राजनीति गर्न छोडेर सिद्धान्तमा मात्र टाँसिनु मूर्खता शिवाय केही होइन ।

नेपाली कम्युनिस्टहरूले आपूmलाई नौलो जनवादी भने पनि जनयुद्ध र जनविद्राहका पक्षधर भने पनि वा एकीकृत क्रान्तिको अभियन्ता भने पनि वा बहुदलीय जनवादी भने पनि संसदीय वा अन्य चुनावलाई आफ्नो राजनीतिक आन्दोलनको सबभन्दा महत्वपूर्ण अङ्ग बनाएका छन् । चुनावमार्फत नै सत्तामा पुग्ने हो भने चुनावी विज्ञानको वस्तुवादी प्रयोग र त्यस मार्फत सामाजिक रूपान्तरण गर्दै समाजवादको तयारी गर्नु उनीहरूको साझा एजेन्डा बन्नुपर्ने हो । समाजवादको निर्माण विगतमा अभ्यास गरिएको जस्तो हुन सक्दैन भन्ने सबै प्रमुख वाम पार्टीहरूको निष्कर्ष आइसकेको अवस्थामा आगामी समाजवादको मोडल विषयमा विहंगम बहस सुरु हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । दुई तिहाइसहितको कम्युनिस्ट सरकारले समाजवादको आधार तयार गर्ने बताए पनि त्यसको ठोस सैद्धान्तिक र व्यावहारिक खाका बाहिर आइसकेको अवस्था छैन । नेकपाको प्रथम महाधिवेशनमा यसमाथि विहंगम छलफल हुने आशा गर्न सकिन्छ । देश नयाँ युगमा प्रवेश गरेको भए पनि सो युग सुहाउँदो कार्यनीति र रणनीति तय हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।

याँ थेसिसको निर्माण गर्न पुराना थेसिसहरूको अध्ययन गर्ने हो, हुबहु नक्कल गर्ने होइन । अबको नेपाली समाजले सहजै ग्रहण गर्न सक्ने मौलिक सिद्धान्तको निर्माण गर्न राजनीतिकर्मी, दर्शनका अध्येता र सामाजिक अभियन्ताहरूले सामूहिक प्रयत्न गर्न ढिलो भइसकेको छ ।

नेपाली परिवेशमा लागू हुन सक्ने माक्र्सवादको नयाँ प्रारूप तयार नगरेसम्म नेपालको वाम आन्दोलन अब अगाडि बढ्न सक्दैन । एक्काइसौँ शताब्दीको चेतनासँग मिल्ने गरी माक्र्सवादको पुनव्र्याख्या हुनु जरुरी छ । आधुनिक नेपाली समाजलाई सयौँ वर्ष पुरानो दृष्टिकोणबाट हेर्न पनि सकिँदैन र व्याख्या पनि गर्न सकिँदैन । आधुनिक समाजको व्याख्या र रूपान्तरण गर्न आधुनिक विश्व दृष्टिकोण आवश्यक पर्दछ । त्यसका लागि माक्र्स, लेनिन र माओका विचारहरू सन्दर्भ सामग्रीहरू मात्र बन्न  सक्दछन् । नयाँ थेसिसको निर्माण गर्न पुराना थेसिसहरूको अध्ययन गर्ने हो, हुबहु नक्कल गर्ने होइन । अबको नेपाली समाजले सहजै ग्रहण गर्न सक्ने मौलिक सिद्धान्तको निर्माण गर्न राजनीतिकर्मी, दर्शनका अध्येता र सामाजिक अभियन्ताहरूले सामूहिक प्रयत्न गर्न ढिलो भइसकेको छ ।

माक्र्सवादको अनुसरण गर्नुको अर्थ हजारौँ वर्ष पहिले लेखिएका भजनहरू पुरोहितले भट्याएको जस्तो हुन सक्दैन । त्यसको सिर्जनात्मक र समय सापेक्ष प्रयोग गर्नु चाहिँ क्रान्तिकारिता हो, संशोधनवाद वा दक्षिणपन्थता होइन । नेपालका केही आपूmलाई मूर्धन्य ठान्ने कम्युनिस्ट नेताहरूले माक्र्स, लेनिन र माओका विचारहरूलाई गायत्री मन्त्र जस्तो बनाइदिनाले नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म विभाजित भयो तर अहिले समाजवाद निर्माणको चरणमा एकीकृत हुन पुगेको छ । यो हर्ष र गौरवको विषय हो । आपूmले बुझेको जति माक्र्सवाद मात्र सही हुने र अरूले बुझेको माक्र्सवाद चाहिँ सबै संशोधनवादी र दक्षिणपन्थी हुने रोगबाट ग्रसित नेताहरूको ह्याङओभरबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरेर मात्र यसलाई जोगाउन सकिन्छ । मोहन विक्रम सिंह, मोहन वैद्य किरण, नारायणमान विजुक्छेलगायत केही नेताहरूको सोच्ने तरिकाबाट अब नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ भन्ने नेत्रविक्रम चन्द पनि माओवादको छायाँबाट बाहिर आउन सकेका छैनन् । युद्ध मोह र अव्यावहारिक राजनीतिक एजेन्डाबाट उनको समेत राजनीतिको रोटी सेकिने सम्भावना देखिँदैन । डा. बाबुराम भट्टराई दक्षिणपन्थी दलदलमा फर्कनै नसक्ने गरी फसेका छन् । 

बृहत् बहसको माध्यमबाट कालजयी माक्र्सवादका आयामहरूलाई नेपालको धरातलीय यथार्थमा सैद्धान्तीकृत गरेर त्यही विचारको आधारमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता छ । यसले नेपाल कम्युनिस्ट पार्टीलाई मात्र पुनर्गठित गर्ने छैन, समग्र राष्ट्रलाई नै सही दिशा प्रदान गर्ने छ । आफू पनि केही नगर्ने अरूले सैद्धान्तिक वैचारिक क्षेत्रमा गरेको योगदान पनि सहन नसक्ने प्रवृत्तिलाई सबै क्षेत्रबाट दुत्कार्नु पर्दछ । हिजो मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादले देख्न नसकेका थुप्रै विषयहरूलाई समेत सम्बोधन गर्ने नयाँ सैद्धान्तिक अवधारणा र सो बमोजिमको राष्ट्रव्यापी रूपमा सार्थक साङ्गठनिक एकीकरण र रूपान्तरण भइसक्दा  त्यो भीमकाय शक्तिले नेपालको कायाकल्प गर्ने निश्चित छ । 

एक चिनियाँ दार्शनिकले भनेका छन्– आफ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्दछन् । शब्दहरूको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरूको ख्याल गर किनभने ती बानी बन्दछन् । बानीहरूको ख्याल गर किनभने ती चरित्र बन्दछन् । चरित्रको ख्याल गर किनभने ती भाग्य बन्दछन् । भाग्य नै तिम्रो जीवन हुनेछ । ती दार्शनिकको यो भनाइमा सार्वभौमिक सच्चाइ भेटिन्छ ।

विचार अनुसारको चरित्र हरेक मानिसमा अपेक्षा गरिएको हुन्छ । व्यक्तिले व्यक्त गर्ने विचार उसको कार्य, बानी वा चरित्रसँग मेल नखाए त्यो विचार नक्कली हुन्छ । निःसन्देह, विचार अनुसारको कार्य नगर्ने, बानी नसुधार्ने र चरित्र प्रदर्शन नगर्ने  व्यक्ति अविश्वसनीय हुन्छ, कहिलेकहीँ खतरनाकसमेत हुन्छ ।

आज नेकपाका हरेक नेता, कार्यकर्ता र समर्थकका शब्द, बानी, विचार र व्यवहारलाई जनताले अत्यन्त सूक्ष्म ढङ्गले नियालिरहेका छन् । त्यसकारण अहिले खासगरी नेकपाका नेताले जनताको आस्था र उत्साह भड्कन नदिन उन्मादीले होइन, होस र इमानदारीपूर्वक कार्य सम्पादन गर्नु, जनचाहना बमोजिम सत्ता सञ्चालन गर्नु, भ्रष्टाचारशून्य र पारदर्शी जीवनशैलीको अवलम्बन गर्नु त्यत्तिकै महत्वपूर्ण छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मल भट्टराई
निर्मल भट्टराई
लेखकबाट थप