बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेयमारको बिरोधी, मेस्सीकी फ्यान : यी ब्राजिलियन मोडल जसलाई मेस्सीकी श्रीमतीले गर्नुपर्यो ब्लक

सोमबार, ०४ असार २०७५, ०९ : ५७
सोमबार, ०४ असार २०७५

एजेन्सी । अर्जेन्टिना र ब्राजिल फुटबलका चिरप्रतिद्वन्द्वी हुन् । दुवै देशका समर्थक एकअर्काप्रति कट्टर मानिन्छन् । तर, एक ब्राजिलियन मोडल भने आफ्नै देशका स्टार खेलाडी नेयमारको विरोधी रहेकी छिन् भने चिरप्रतिद्वन्द्वी देश अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीको कट्टर फ्यान रहेकी छिन् ।

प्ले ब्वाई म्यागेजिनको फ्रन्ट कभरमा छाएकी चर्चित ब्राजिली मोडल सुजी कोर्टेजले अब विश्वकप फुटबलमा विश्लेषकका रुपमा काम गर्दै छिन् । उनी ब्राजिलको चर्चित सुन्दरी प्रतियोगिता ‘मिस बमबम’ की विजेता हुन् । ब्राजिलियन टिभीमा अब उनले विश्वकपको विश्लेषण दिनेछिन् । 

अर्जेन्टिनाको झन्डाअंकित ट्याटुसहितको फोटोका कारण यी सुन्दरी अहिले चर्चामा छिन् । तर, यसको मतलब उनी अर्जेन्टिनाकै समर्थक हुन् भन्ने होइन । उनी वास्तवमा मेस्सीको समर्थक र नेयमारको विरोधी हुन् । 

फिलिपो काउटिन्हो चम्किएको खण्डमा मात्रै ब्राजिलले विश्वकप जित्ने उनको भनाइ छ । ‘ब्राजिलले त्यतिबेला मात्रै विश्वकप जित्नेछ जब काउटिन्होले राम्रो खेल्नेछन् । अहिलेको ब्राजिली टोलीमा उनी सबैभन्दा महान् खेलाडी हुन्,’ कार्टेजले भनेकी छिन् । 

उनले नेयमार ‘प्रसिद्धीको भोको’ भएको आरोप लगाएकी छिन् । ‘नेयमार केवल सामाजिक सञ्जालमा चर्चामा छन् । उनले ब्राजिलबाट लामो समयदेखि राम्रो खेलेका छैनन्,’ उनले भनिन् । 

मेस्सीको समर्थक हुनुको पनि कारण छ । उनी बार्सिलोनाकी समर्थक हुन् । केही समयअघि मेस्सीले आफूलाई इन्स्टाग्रामबाट ब्लक गरेको आरोप उनले लगाएकी थिइन् । ‘मेस्सीकी श्रीमती एन्टोनोल्ला रोक्कुज्वोले मेरो ईष्र्या गरेकाले उनकै दबाबमा मेसीले मलाई ब्लक गरेका हुन्,’ सुजीको आरोप थियो, ‘जब मेस्सीका ४ करोड फलोअर्स छन् भने उनले मलाई नै किन ब्लक गरे ? त्यसपछि मैले उनकी श्रीमतीको एकाउन्ट चेक गरेँ । उनले पनि ब्लक गरेकी थिइन् । अब बुझ्न गाह्रो भएन ।’

उनले मेसीको जर्सी बोकेर थुप्रै अर्धनग्न पोजहरु देखिएकी छिन् । कार्टेज सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिलकी सद्भावना दूत थिइन् । उनलाई रुस विश्वकपमा समेत अतिथीका रुपमा बोलाइएको छ । 

अबको उनको लक्ष्य प्रतियोगिताको विश्लेषण गर्ने नै हो । विश्वकप हेर्न उनी अबको १० दिनपछि मात्रै रुस आउनेछिन् । ‘म जुलाईमा आउनेछु । विश्वकपको अन्तिम केही खेल हेर्नेछु र दुईवटा टिभी च्यानलमा विश्लेषकको काम पनि गर्नेछु,’ उनले भनेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप