डाक्टर श्रीमानको यौनाङ्ग काट्न श्रीमतीले दिइन् ‘सुपारी’
पिटिआई
भारतको मध्य प्रदेशको जबलपुरमा जून १२ तारिखमा भएको स्टेट हेल्थ डिपार्टमेन्टका उप–निर्देशक डा. शफतुल्ला खानको हत्याबारे नयाँ खुलासा भएको छ ।
एसपी शशिकान्त शुक्लाका अनुसार डाक्टरको हत्याको षड्यन्त्र उनकी श्रीमती आयशाले चार व्यक्तिसँग मिलेर रचेकी थिइन् । यद्यपी, आयशाले आफ्नो बचाउ गर्दै श्रीमानको हत्या योजना नबुनेको बताएकी छिन् ।
श्रीमतीका अनुसार श्रीमानको अनेकौं महिलासँग सम्बन्ध भएको थाहा पाएपछि श्रीमानको यौनाङ्ग मात्र काट्न चाहन्थिन् । तर यसका लागि जुन मानिस र व्यवसायिक अपराधीको उनले मद्दत लिइन्, उनीहरुले डाक्टरको हत्या गरिदिएको जानकारी पुलिसलाई दिइन् ।
पाँच लाख भारु दिने बचनसमेतः
पुलिसका अनुसार आयशाले यसका लागि आफ्नी भतिजी नन्दिनी विश्वकर्मालाई व्यवसायिक अपराधीहरुको मद्दत लिन आग्रह गरिन् । यसका लागि आयशाले नन्दिनीलाई पाँच लाख भारु दिने वचनसमेत दिइन् । आयशा, नन्दिनी र राजेन्द्रलाई पक्राउ गरिएको छ भने पवन र धिरजको खाजी कार्य जारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा