सडक भाँसिएपछि बेलिब्रिज जोखिममा
बाबियाचौर, म्याग्दी - बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ ।
रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो ।
खोलाले धार थप कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताउनुभयो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित रघुगंगा नदीमा पक्की मोटरेबल पुल निर्माण शुरु गरेको छ ।
पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भाँसिएको हो । सडक भाँसिएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर संरक्षणको काम शुरु गरेको छ ।
जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, पूर्वसांसद गोविन्द पौडेलको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेर जोखिम न्यूनीकरणको उपाय अपनाउन निर्देशन दिए ।
खोलाको धार पुरानै स्वरुपमा फर्काउन र जोखिम नहुने गरी सावधानी अपनाएर काम गर्न आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट