शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजना

सोमबार, ०४ असार २०७५, ०९ : १४
सोमबार, ०४ असार २०७५

उर्लाबारी, मोरङ - प्रत्येक वर्ष बाढीले विस्थापित हुँदै आएका उर्लाबारी–१ मेचेडाँगीका स्थानीयवासी विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटेका छन् । 

वर्षात्को समयमा बक्राहा, नुनसरी र मिक्लु खोलाको कटान र डुबानबाट बच्नका लागि स्थानीयस्तरमा विपत् व्यवस्थापन पूर्व तयारी, उद्धार तालीम, पारिवारिक सुरक्षा योजना बनाउन थालिएको हो ।

गाउँघरमा सबैभन्दा बढी जोखिम रहेको बाढी र डुबान, त्यसपछिको समस्या सर्पको जोखिम, चट्याङ र हावाहुरी, आगलागी, खेतीयोग्य जमिनको कटान, खेतीमा हात्तीले पु¥याउने नोक्सान र त्यसबाट बच्ने विधिका बारेमा ज्ञान लिँदै प्रतिरोध र प्रतिरक्षा योजना बनाउने गरिएको हो । 

प्लान नेपाल इन्टरनेशनल र फरवार्ड नेपालले सञ्चालन गरेको परियोजनाले विपद् व्यवस्थापन, त्यसबाट आउन सक्ने जोखिम र त्यसबाट बच्न सकिने विषयमा स्थानीय समुदायलाई तालीम र सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेपछि कार्यक्रमको प्रभावकारिता बढ्दै गएको हो । 

सो परियोजनाअन्तर्गत स्थानीय समुदायलाई समूह–समूहमा प्रकोप के हो र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा तालीम, सचेतना कार्यक्रमदेखि विकास निर्माणका कामलाई समेत प्राथमिकता दिँदै आएको फरवार्डका कार्यक्रम संयोजक देवप्रकाश चौधरीले बताए । 

सो परियोजनाले उर्लाबारी–१ का विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उर्लाबारीको सारदा माविमा विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । 

परियोजनाअन्तर्गत सो गाउँमा रु ६० हजार बराबरको खोज तथा उद्धार सामग्री पनि हस्तान्तरण गरिएको छ । यस कार्यक्रमबाट विपत् जोखिम न्यूनीकरणका लागि आफूहरुलाई ज्ञान मिलेको स्थानीयवासी देवनारायण गौतमले बताए । 

परियोजनाकी सामाजिक परिचालक मनमाया तामाङका अनुसार परियोजनाले उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका तथा कटहरी गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विपद् व्यवस्थापन र त्यसको न्यूनीकरणका विषयमा तालीम र सचेतना मुलुक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप