रक्सी राख्दा जेलको बास
बीबीसी
रक्सी राखेको आरोपमा एक चीनियाँ नागरिकलाई पटना पुलिसले आइतबार पक्राउ गरेको छ ।
पटना पुलिसले आइतबार गर्दनीबाग थाना क्षेत्रको अनिसाबाद इलाकाको एक नीजि अपार्टमेन्टमा चीनियाँ नागरिकको कोठाबाट रक्सीका बोतल बरामद गरेको हो ।
पुलिस कारवाहीपश्चात् अपर पुलिस अधिक्षक अनिल कुमार सिंहले रक्सी पार्टी चलिरहेको भन्ने जानकारी पाएपछि छापा मारिएको बताए ।
‘छापा मार्दा अपार्टमेन्टको दुईवटा कोठामा रक्सीका दुईवटा बोतल बरामद भएको जसमध्ये एकको प्रयोग पनि भएको छ,’ उनले भने ।
पुलिसका अनुसार उक्त अपार्टमेन्टमा चीनियाँ मोबाइल कम्पनी ओप्पोका ९ विदेशी कर्मचारी बस्ने गर्दछन् ।
पक्राउ परेका चीनियाँ नागरिकलाई पटनाको गर्दनबाग थानामा राखिएको छ ।
पुलिसले पटकपटक सोधपुछ गर्दासमेत चीनियाँ नागरिकले आफ्नो नाम बताउन अस्विकार गरेका छन् । यद्यपी, समाचार एजेन्सी एएनआईका अनुसार उनको नाम वू चुआंगगयोंग हो ।
स्मरण रहोस्, बिहारमा सन् २०१६ देखि रक्सीमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । नयाँ कानून अनुसार कुनै प्रकारको रक्सीको सेवन, यसलाई आफूसँग राख्दा र खरिद बिक्री दण्डनीय अपराध हो ।
यतिमात्र होइन, कानूनका अनुसार कुनै घरमा रक्सी पाइँदा उक्त घर जफत गरिनेसम्मको प्रावधान छ ।
यद्यपी, यो कडा कानूनको विरोध र आलोचना पछि विहारका मुख्यमन्त्री नितिश कुमारले विहार सरकाले आउँदा दिनमा यसमा संशोधन गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ